नेपालनिवास पुगे प्रचण्ड र ओली, वामपन्थी एकताको पहल

काठमाडौं । नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।

बालुवाटारमा जारी बैठक स्थगित गरी प्रचण्ड र ओली बालकुमारी पुगेका हुन्।तीन नेताको भेटमा एमालेका उपाध्यक्ष विष्णु पौडेल पनि सहभागी छन् ।

नेपाल निवासमा जानुअघि प्रचण्ड, ओली र एमाले महासचिव शंकर पोखरेललगायतका शीर्ष नेताहरुबीच छलफल भएको थियो । हिजो पनि नेपाल निवास कोटेश्वरमा पुगेर प्रचण्डले सरकारमा आउन आग्रह गरेका थिए भने ओलीले फोन गरेर कुराकानी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here