काठमाडौं । शनिबार दिउँसाे देखि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ । हाल काेशी, बागमती र मधेश प्रदेशमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । अहिले काठमाडौं उपत्यकामा घाम लागेर मौसम घमाइलाे बनेकाे छ। साथै उपत्यकाबाट हिमशृङ्खलाहरु सुन्दर देखिएका छन् तस्विरसहित। 

