बूढीगण्डकी बाढीमा फसेको कुकुरको २० दिनपछि शुक्रबार उद्धार

काठमाडौं । गोरखाको बूढीगण्डकी बाढीमा फसेको कुकुरको २० दिनपछि शुक्रबार उद्धार भएको छ । असोज २५ गतेकाे बाढिमा उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ जगतमा उक्त कुकुर फसेको थियो ।

शुक्रबार धादिङको र्‍याफ्टिङ टोलीले एनिमल नेपाल नामक संस्था र चुमनुब्री पालिकासँगको समन्वयमा कुकुरको उद्धार गरेको हो । हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिएकोमा मौसमका कारण हेलि उड्न नसकेपछि आज उद्दार गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।