देशभर अर्नब’ चक्रवातको प्रभाव: आज यी स्थानमा पर्नेछ पानी

काठमाडौं । बंगालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातको प्रभावले देशका धेरै ठाउँमा पानी परेको छ ।

अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा, सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा कोशी, मधेश र बागमती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

पछिल्लो ६ घण्टामा मनाङको तालमा सबैभन्दा धेरै ७४ मिलिमिटर पानी परेको छ ।

शनिबार दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा, गण्डकी प्रदेशको केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भेगको केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपात हुनेमौसम पुर्वानुमान महासाखाको अनुमान छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगको थोरै ठाउँमा हल्का वर्षा तथा कोशी, मधेश र बागमती प्रदेशको एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोदेखि ‘अर्नब’ चक्रवातको प्रभाव कम हुँदै जानेछ ।