सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला एक लाख २३ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यो नै हालसम्मकै उच्च मूल्य हो ।

हिजो हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ इतिहास कायम गरेको हो ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मंगलबार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको मुल्य हिजो ९मंगलबार० तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो ।

बिहीबार चाँदीको मुल्य भने तोलामा ५ रुपैँयाले घटेको छ । आज चाँदीको मुल्य तोलाको १४ सय १० रुपैयाँ कायम रहेको छ । बुधबार चाँदी प्रतितोला १४ सय ४५ रुपैँयामा किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here