त्रिशूली बस दुर्घटनाः मृतकमध्ये तीन जनाको सनाखत, विदेशी नागरिकसहित ३९ जना घाइते

काठमाडौं । भैरहवाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ज्यान गुमाएका ७ जनामध्ये तीन जनाको सनाखत भएको छ ।

टिकटका आधारमा कपिलवस्तुका रामकिशोर जैसवाल र काठमाडौं सतुंगलका बेखराज भण्डारीको सनाखत भएको प्रहरीले जनाएको छ । यस्तै गरी बुटवलकी रुवी श्रेष्ठको पनि सनाखत भएको छ ।

रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस आज बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीमा सडकबाट सयमिटर तल त्रिशुली नदीमा खसेको थियो।

दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेना, गोताखोरसहितको सशस्त्र प्रहरी गरि १०० जनाभन्दा बढी उद्धारकर्मी परिचालन भएका थिए।

घाइतेहरूमा भारतको उत्तरप्रदेशका ३० वर्षीय टिकुरी चौधरी, नाम नखुलेकी एक क्यानडेली महिला, काभ्रे पाँचखालका ३४ वर्षीय सुरेश सुनार र २१ वर्षीया रवि प्रसाद राजपुत, रुपन्देहीको बुटवल नगरपालिका- ३ की ५६ वर्षीय शान्ती पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिका-६ का ३५ वर्षीय सैयद आमद अलि, पोल्याण्डका ४१ वर्षीय पुरूष, काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ का ५४ वर्षीय जनक बन्जारा छन्।

रुपन्देहीको गैडहवा गाउँपालिका-५ का बर्ष २८ वर्षीय दिलिप कुमार चमार, ५७ वर्षीय बाबुराम हजैम, काभ्रेको नमोबुद्ध नगरपालिका-८ का २० वर्षीय उत्तम तामाङ, रुपन्देहीका ६ वर्षीय विवश राज श्रेष्ठ, बिरेन्द्र राज श्रेष्ठ, स्याङजाको गल्याङ-२ घर भई हाल काठमाण्डौ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्रहरी जवान २६ वर्षीय शिशिर न्यौपाने, २८ वर्षीया कुसुम ढुंगाना, स्याङजाको वालिङ नगरपालिका-९ का ४७ वर्षीय भविश्वर गैरे, प्युठानको जिम्रुक गाउँपालिका-६ का २१ वर्षीय संजय भुसाल, सिन्धुपाल्चोक तातोपानी गाउँपालिका-९ का २६ वर्षीय सोनाम डोल्मा शेर्पा, रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका-१२ का १८ वर्षीय बलिराम लोद, ७ वर्षीय मुक्ति नारायण नाँउ, ४० वर्षीय रमेश नेपाली, ५ वर्षीय काव्य नेपाली, रुपन्देही काराहीमाई गाउँपालिका-१की ३५ वर्षीया निर्मला नाँउ, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-४ का ३१ वर्षीय अबदुल्ला मुसलमान छन्।

त्यस्तै भारतको उत्तरप्रदेशका ३८ वर्षीय अक्लेश कुमार बानिया, काभ्रेको नमोबुद्ध-८ का २९ वर्षीय बिराज लामा, सिन्धुपाल्चोक तातोपानी गाउँपालिका-९ का ४७ वर्षीय गगन लावाङ सेन्दुक शेर्पा, रूपन्देहीको गैडहवा गाउँपालिका-५ का १८ वर्षीय रमेश चमार छन्।

त्यस्तै रूपन्देहीको मधुवनी गाउँपालिका-१ का २५ वर्षीय महमद आशिफ, काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० का ५१ वर्षीय ध्रव महर्जन, रूपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका-१२ का १८ वर्षीय रामनिवास लोद, २२ वर्षीय केदारनाथ लोद, २२ वर्षीय अशोक यादव र भारतको २७ वर्षीय राकेश लोदी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here