चीनमा हुवावेको विक्री बढ्दा आइफोनको बजार खस्कियो

काठमाडौं । चीनमा एप्पलको आइफोनको बिक्री अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले घटेको छ ।

रिसर्च फर्म काउन्टरपोइन्टका अनुसार सन् २०२४ को पहिलो ६ हप्तामा अघिल्लो बर्षको सोहि अवधिको तुलनामा विक्री घटेको हो ।

आइफोनको बजार खस्किदा हुवावेले भने चिनीया प्रयोगकर्तालाई तानेको देखिन्छ । सोहि प्रतिवेदनका अनुसार सोही अवधिमा चीनको हुवावेको बिक्रीमा ६४ प्रतिशतले वृद्धि भएको छ ।

एप्पलको सबैभन्दा ठूलो बजारमध्येको एक चीन हो । चीनमा सोही अवधिमा समग्र स्मार्टफोन बिक्रीमा ७ प्रतिशतले कमी आएको रिपोर्टमा उल्लेख छ ।

ह्वावेले अमेरिकी प्रतिबन्धका कारण वर्षौंसम्म संघर्ष गर्न परेको थियो । तर अगस्टमा मेट ६० सिरिजको फाइभजी स्मार्टफोन सार्वजनिक गरेपछि यसको बिक्री ह्वात्तै बढेको थियो ।

चीनलाई फाइभजी मोबाइल इन्टरनेटका लागि आवश्यक पर्ने प्रमुख चिप्स र टेक्नोलोजीका उपलब्ध गराएका थिएनन् । चिनियाँ स्मार्टफोन बजारमा एप्पलको हिस्सा गत वर्षको १९ प्रतिशतबाट घटेर १५ दशमलव ७ प्रतिशतमा झरेको छ।

ह्वावेको बजार हिस्सा अघिल्लो वर्षको ९ दशमलव४ प्रतिशतबाट बढेर १६ दशमलव५ प्रतिशत पुगेको छ ।

काउन्टरपोइन्टका अनुसार गत वर्षको तुलनामा १५ प्रतिशतले बिक्री घटे पनि भिभो चीनको सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन निर्माता कम्पनी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here