प्रधानमन्त्री प्रचण्डले ३० गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

शनिबार सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री प्रचण्डले छिट्टै विश्वासको मत लिने जानकारी गराएका हुन् ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले लगायतका गठबन्धन बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here