वर्षाले नेपाल र हङकङबीचको खेल नतिजाविहीन

काठमाडौं । वर्षाका कारण टी-२० त्रिदेशीय शृंखलामा नेपाल र हङकङबीचको खेल बिनानतिजा टुंगिएको छ । हङकङस्थित मिसन रोड मैदानमा शुरु भएको खेलमा निरन्तर पानी परेको कारण खेल सम्भव नभएकाले बिनानतिजा टुंगिएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले आठ ओभरमा दुई विकेट गुमाएर ६५ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसअघि, हङकङले पाँच ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल करिब आधा घण्टा प्रभावित बनेको थियो ।

त्यसअघि नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो । प्रतियोगितामा नेपाल, हङकङ र पपुवा न्युगिनी (पीएनजी) सहभागी छन् । खेल रद्द भएसँगै नेपाल र हङकङले एक-एक अंक बाँढेका छन्। नेपालले मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ।

नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ ।फागुन ३० गते त्रिकोणात्मक श्रृङ्खलाको फाइनल खेल हुनेछ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here