६५ लाख भन्दा धेरै आँखामा नेपालमा बनेको लेन्स

काठमाडौं । आँखाभित्र राख्ने लेन्स नेपालमै बनाउन सकिन्छ भन्दा कुनै बेला महत्त्वाकांक्षी सोच भन्दै आलोचना गरिन्थ्यो । तर अहिले नेपालमा बनेको लेन्स विश्वभरका ४० भन्दा बढी देशका नागरिकले सुलभ मूल्यमा उपभोग गर्ने वातावरण बनेको छ ।

डा.सन्दुक रुइतको टिमले तिलगंगा आँखा अस्पतालमा उत्पादन गरिरहेको लेन्स अहिलेसम्म विश्वभर ६५ लाखभन्दा बढी आँखामा लगाइएको छ  । मोतीबिन्दुको शल्यक्रियापछि आँखामा राख्ने लेन्स ज्यादै महँगोमा किन्नुपर्ने अवस्था थियो।

आर्थिक अवस्था कमजोर भएका नेपालीहरुले ती लेन्स किन्न सक्दैनथे। फलस्वरुप मोतीबिन्दुका कारण धेरै नेपालीहरु अन्धोपनको सिकार हुने गरेका थिए। तिलगंगामा उत्पादित लेन्स नेपालका अस्पतालमा निकै सस्तोमा पाइन्छ। तिलगंगामा उत्पादन भइरहेका नेपाली लेन्सको बजार मूल्य २ सय ४० देखि ४ हजार रुपैयाँसम्म छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here