नारायण दाहाल र युवराज शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्मा र माओवादीको तर्फबाट नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको छ।

उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन्। सत्ता गठबन्धनको तर्फबाट माओवादीले अघि सारेको दाहाललाई एमाले, रास्वपा, नेकपा एस, जसपाको समर्थन रहेको छ ।

दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । नयाँ गठबन्धनमा माओवादी अध्यक्ष र एमालेलाई उपाध्यक्ष लिने सहमति भएको थियो । मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here