पूँजी बजार सुधार्न अर्थमन्त्रीले थाले पहल

काठमाडौं । पूँजी बजार सुधार्न अर्थमन्त्री वर्षमान पुनले पहल थालेका छन् । उनले पूँजी बजारका समस्या समाधान गर्न नियमाक नियाकहरूलाई ७ दिन भित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन् ।

आइतबार अर्थ मन्त्रालयले पत्र लेख्दै पूँजी बजारका नियामक निकायहरू नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङलाई ७ दिन भित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।

‘देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवं त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरूको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूको राय समेत लिई सात दिन भित्र कार्ययोजना पेश गर्न अनुरोध छ,’ पत्रमा भनिएको छ ।

नेपाली सेयर बजार विगत साढे २ वर्ष यता बियरिस ट्रेन्डमा छ । नियामक निकायहरूले बजार सधारका लागि ठोस रुपमा आवश्यक कदम अघि नबढाएको भन्दै लगानीकर्ता चरम निराशामा छन् । यसैबीच, गत साता मात्रै पदभार सम्हालेका अर्थमन्त्री पुनले सुधारका लागि आवश्यक पहल गरेका हुन् ।

सेयर लगानीकर्ताले ब्रोकर कमिशन घटाउनु पर्ने, ब्रेकरबाट मार्जिन लेन्डिङ सुविधा उपलब्ध हुनुपर्ने, सेयर धितो कर्जाका लगाइएको सीमा र जोखिमभार घटाउनुपर्ने लगायत माग राख्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here