सरकार र मिटरब्याज पीडितबीच चारबुँदे सहमति , आन्दोलन स्थगित

काठमाडौं । सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच चारबुँदे सहमति भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन स्थगित भएको छ ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरसम्मबाट २३ दिन हिँडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याजपीडित निरन्तर आन्दोलनमा थिए । वार्तामा पीडितका माग सम्बाेधन गर्ने सहमति भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here