समाजवादीलाई समेट्दै सत्ता साझेदार दलबीच ७ बुँदे सहमति

काठमाडौं । सत्तारुढ दलहरुबीच अर्को लिखित सहमति भएको छ । मंगलबार एकीकृत समाजवादी पार्टीलाई पनि गठबन्धनमा औपचारिक रुपमा समेट्दै पाँच दलका शीर्ष नेताहरूले ७ बुँदे वक्तव्य जारी गरेका हुन्।

फागुन २१ गते भएको आठबुँदे सहमतिलाई परिमार्जन गर्दै सातबुँदे बनाइएको छ ।

नयाँ सरकार गठन गर्ने भन्ने बुँदा हटाइएको छ । तर आज भएको लिखित सहमतिमा राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने मात्रै समावेश छ ।

वक्तव्यमा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाएर समेट्दै लैजाने नेताहरूले उल्लेख गरेका छन्।

उनीहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्गयाउने पनि जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here