त्रिकोणात्मक टी–२० आई सिरिजः उपाधिको लागि नेपाल र पीएनजी भिड्दै

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल आज पपुवा न्युगिनी (पीएनजी) सँग भिड्दै छ।

नेपाल र पीएनजीबीचको खेल हङकङको मोङककमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ। नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो भने नेपाल आफ्नो पहिलो खेलमा हङकङसँग पराजित भएको थियो। हङकङले भने एक खेलमा पनि जित निकाल्न नसकेपछि प्रतियोगिताबाट बाहिरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here