सरकारी जागिर खुल्योे, चैत २० सम्म दरखास्त दिन सकिने (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले खरिदारमा आवेदन माग गर्दै सूचना प्रकाशित गरेको छ । बुधबारको गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरहका पदमा आवेदन आह्वान गरेको हो ।

यही चैत २० सम्म दरखास्त दिन सकिने छ । त्यस्तै चैत २७ सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ ।

आयोगको कार्यालय धनकुटा, इलाम, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौँडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल तथा महेन्द्रनगरमा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

सामान्य ज्ञान तथा आधारभूत सिप परीक्षण परीक्षा आगामी वैशाख २९ मा बिहान ११ बजे हुनेछ । त्यस्तै प्रथम चरणको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि दोस्रो र तेस्रो पत्रको परीक्षा आगामी असार १४ र १५ मा हुने आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here