प्रधानमन्त्रीलाई १५ महिनामा तेस्रो पटक विश्वासको मत, कति घट्यो समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। मंगलवार भएको मतदानमा पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो। मत दिन्नमा एक मत खसेको छ।

सत्ता गठबन्धनमा आएको फेरबदलका कारण प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिनामा तेस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । यस सरकारको नेतृत्व गरेपछि पहिलोपटक २०७९ सालको १० पुसमा प्रचण्डले त्यसबेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए।

दोस्रोपटक गत वर्षको ६ चैतमा संसदमा २६२ सांसद सहभागी मतदानमा १७२ प्रतिनिधिसभा सदस्यले उनलाई विश्वासको मत दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here