नागरिक उन्मुक्ति पार्टीका सांसदले टेरेनन् रेशमको निर्देशन, प्रचण्डलाई दिए विश्वासको मत

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले संस्थापक रेशम चौधरीको निर्देशन विरुद्ध उभिएर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका छन् ।

पार्टीकी अध्यक्ष एवं संसदीय दलकी नेतृ रञ्जिता श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिनह्विप जारी गरेपछि ४ जना सांसदले नै मत दिएका हुन् ।

रन्जिताका श्रीमानसमेत रहेका पार्टीका संरक्षक चौधरीले प्रचण्डलाई मत नदिने बताइरहँदा अध्यक्ष रन्जिताले सदनको रोस्ट्रममै उभिएर मत दिने पक्षमा नागरिक उन्मुक्ति पार्टी रहेको जानकारी गराईन्।

नागरिक उन्मुक्ति पार्टीमा रन्जितासहित लालवीर चौधरी, गंगाराम चौधरी र अरुण कुमार चौधरी सांसद रहेका छन् । केन्द्रमा प्रचण्ड सरहकारलाई समर्थन गरेको नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेश सरकारमा भने कांग्रैसलाई समर्थन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here