अब जेमिनाईले चुनाव सम्बन्धी प्रश्नहरूको जवाफ नदिने

एजेन्सी । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट जेमिनीमा निर्वाचनसम्बन्धि उत्तरहरुमाथि रोक लगाएको छ ।

जेमिनीमा निर्वाचनसम्बन्धि उत्तरहरुमाथि रोक लगाइएको गुगलले सुनिश्चित गरेको बीबीसीले जनाएको छ । जेनेरेटिभ एआईले गलत सूचना र मिथ्या समाचार दिने चिन्ता बढाएको समयमा र विभिन्न राष्ट्रले नियमन गर्ने चर्चा चलिरहँदा गुगलले यस्तो निर्णय लिएको हो ।

बीबीसीले जनाएअनुसार अप्रिलमा हुने निर्वाचनलाई लक्षित गरेर भारतमा उक्त सुविधामाथि रोक लगाइएको हो । निर्वाचनलाई लिएर एआई प्रविधिविरुद्ध उत्पन्न हुने विवादबाट बच्नका लागि गुगलले जेमिनीमा उक्त सुविधामाथि रोक लगाएको जनाइएको छ ।

यसै वर्ष वर्ष अमेरिका, बेलायत र दक्षिण अफ्रिकामा पनि निर्वाचन हुने तालिका रहेको छ । ती निर्वाचनलाई लिएर पनि गुगलले उक्त कदम अघि बढाएको गुगलले जनाएको छ । ‘सन् २०२४ मा विश्वभर धेरै देशमा चुनाव हुँदैछ । हामी जेमिनाईमा चुनाव सम्बन्धी प्रश्नहरूको जवाफ दिने क्षमता सीमित गर्दैछौं,’गुगलले भनेको छ ।

गत फेब्रुअरीमा गुगलले हालै सार्वजनिक गरेको एआई इमेज जेनेरेटरले अमेरिकी संस्थापक पिताको तस्बिर बनाएपछि गुगलले माफी मागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here