फेरि उकालो लाग्यो सुनको भाउ, चाँदी तोलामा १५ सय नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० बढेर प्रतितोला रु १ लाख २५ हजार ८०० कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २५ हजार थियो ।

त्यसैगरी, तेजावी सुनको मूल्य पनि प्रतितोला रु ८०० ले वृद्धि भई प्रतितोला रु १ लाख २५ हजार २०० कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु १ लाख २४ हजार ४०० थियो ।

चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु १ हजार ११५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here