गृहमन्त्रीले बुझाए सुन तस्करीको प्रतिवेदन, प्रधानमन्त्रीले ‍ भने-‘दोषी जो भए पनि नछाड्नू’

काठटमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्।

गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आयोगको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले आफू सरकारको नेतृत्वमा आएदेखि नै सुन तस्करदेखि बालुवाटार जग्गा प्रकरण र भुटानी शरणार्थी प्रकरणसम्मका दोषीहरूलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताउँदै सुशासनको पक्षमा आफू प्रतिबद्ध रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here