अफ्रिकाबाट अवैध युरोप जान लागेको ६० आप्रवासीको भोकप्यासले मृत्यु

काठमाडौं । अफ्रिकाबाट अवैधरुपमा लिबिया हुँदै युरोप जान लागेको ६० जना आप्रवासीको भोकप्यासले मृत्यु भएको छ।

तीन दिनको यात्रापछि रबरको डुंगाको इन्जिन फेल भएको थियो। इन्जिन फेल भएपछि समुद्रमा अलपत्र परेको डुंगामा खाना र पानीको अभावमा यात्रुहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

मृत्यु हुनेमा एक बालकसहित कयौँ महिलासमेत छन्। डुंगामा सवार कम्तीमा २५ आप्रवासीलाई बचाइएको छ । मानवीय सहायता उपलब्ध गराउने संस्था ‘एसओएस मेडिटेरेनियन’को ‘ओशन भाइकिङ’ जहाजले उद्धार गरेको थियो ।