मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, लुट्न आएका तीनजना पक्राउ

काठमाडौं । रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ। शुक्रबार ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो। गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ ।