टीयूले तोक्यो क्यालेण्डरमै नभएको दिन परीक्षा, महिना ३० को परीक्षा ३१ गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको छ ।

विश्वविद्यालयले बीबीएसको माइक्रो इकोनोमिक्स फर बिजनेस विषयको परीक्षा चैत ३१ गतेका लागि तोकेको छ । तर, २०८० सालको क्यालेन्डरमा चैत ३१ गते नै छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here