के कारणले बढ्छ यूरिक एसिड ? यस्ता छन् कम गर्ने घरेलु उपाय

काठमाडौं । यूरिक एसिड बढ्नुको सबैभन्दा मुख्य कारण खानपान नै हो । चिल्लो, राजमा र मासु त्यसमा पनि रातो मासु जस्ता खानेकुरा धेरै मात्रामा खादाँ हाम्रो शरीरमा एसिडको मात्रा बढ्छ ।

एसिड बढ्दै जाँदा शरीरका विभिन्न स्थानमा रहेका हड्डीहरुमा जम्ने गर्दछ । जसको कारण खुट्टामा दुखाईको अनुभव हुन सुरु गर्दछ ।

यो समस्या हाम्रो शरीरको किड्नीको फिल्टर गर्ने क्षमतामा कमी भएसङ्गै यूरिया एसिडको रुपमा विकास हुन्छ । यो पछि हड्डीमा जमेर बस्छ ।

हाम्रो शरीरमा रहेका धेरैजसो एसिडहरु पिसाबको माध्यमबाट बाहिर निस्किन्छन् तर, मृगौलालले आफ्नो काम पूर्णरुपमा गर्न नसक्दा यस्तो समस्या हुने गर्छ ।

यस कारण बढ्छ यूरिक एसिड

स्वस्थ रहनका लागि यूरिक एसिड बढ्ने वा बढाउने खानेकुराहरुको बारेमा जान्नु अत्यन्त आवश्यक हुन्छ । यूरिक एसिड बढ्ने सबैभन्दा मुख्य कारण अचानक खानपानमा आएको परिवर्तन हो ।

तपाई डाइबिटिजको विमारी हुनुहुन्छ र दैनिक रुपमा डाइबिटिजको औषधी सेवन गर्नुहुन्छ भने उक्त औषधीको कारण पनि यूरिक एसिड बढ्ने गर्छ ।

यसका साथै यूरिक एसिड बढाउने प्रमुख खाद्य पदार्थहरुमाः रातो मासु, सी फुड, दाल, राजमा, काउली गोलभेडा, पनिर, भिंडी तथा चामल पर्छन् ।

खानेकुराको रुपमा सेवन गरिने प्यूरिन प्रोटिन पनि यूरिक एसिड बढाउने मुख्य कारण हो ।

यसरी कम गर्न सकिन्छ यूरिक एसिड

आफूलाई यूरिक एसिड भएको शंका लागेमा तुरुन्त डाक्टरसँग परामर्श गरेर रगत परीक्षण गर्नुपर्छ । औषधी सेवन गरेसङ्गै हाम्रो शरीरमा रहेको एसिड
पिसाबको माध्यमबाट बाहिर निस्कन शुरु हुन्छ ।

तर, भविष्यमा यस्तो समस्या नदोहोरियोस भन्नको लागि यी काम गर्नुहोस्

— दैनिक दिनमा दुईदेखि तीनवटा ओखर खाएमा बढी भएको एसिड कम हुँदै जान्छ ।

— दाल तथा खैरो चामलमा एसिड सोस्ने गुण हुने भएको कारण यस्तो खानेकुरा खानुपर्छ ।

— भिटामिन—सी युक्त खानेकुराहरु धेरै खानुपर्छ । भिटामिन—सी ले हाम्रो शरीरमा भएको एसिड पिसाबको रुपमा बाहिर फाल्ने काम गर्छ ।

— सलादमा दैनिक रुपमा एउटा कागती समावेश गर्नुपर्छ, यो सम्भव नभएमा दिनमा एउटा कागती खानुपर्छ ।

— राजमा, चामल, मैदा तथा रातो मासु खानु हुँदैन ।

— दैनिक एक स्याउ खानुपर्छ । स्याउमा एसिड कम गर्ने क्षमता हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here