आविष्कार केन्द्रमा चोरी, महाविरले गराए जानकारी

२ मंसिर, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा मन्त्री महाविर पुनले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा चोरी भएको जानकारी गराएका छन् ।

कीर्तिपुर प्रहरी वृत्तका अनुसार मंगलबार बिहान केन्द्रमा चोरी भएको हो । प्रहरीका अनुसार केन्द्रबाट एक थान कम्यप्युटर र ड्रोनमा प्रयोग हुने ब्याट्री चोरी भएको छ । चोरीको समयमा सीसीक्यामेरामा कैद भएको भिडियो फुटेज सार्वजनिक गर्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी गराएका छन् ।

मंगलबार बिहान उज्यालो हुनुअघि एक व्यक्ति झ्यालबाट केन्द्रभित्र प्रवेश गरी कम्प्युटर चोरी गरेर फरार भएको सीसी क्यामेरा फुटेजबाट देख्न सकिन्छ ।

घटनाबारे प्रहरीमा उजुरीसमेत दिइसकिएको पुनले बताएका छन् । सीसी क्योमरा फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको पहिचान तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।