घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि, राजस्व भने घट्यो

काठमाडौं । विगत डेढ वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार पछिल्ला महिनाहरूमा लयमा आउन थालेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा मा देशभरका मालपोत कार्यालयबाट कुल ५० हजार ९९८ वटा घरजग्गा किनबेच (लिखत पारित) भएको छ ।

यो २०८० जेठ यताकै सबैभन्दा धेरै हो । यसअघि माघ महिनामा सर्वाधिक ४९ हजार २६३ वटा घरजग्ग किनबेच भएको थियो । माघको तुलनामा फागुनमा १ हजार ७०८ वटा धेरै घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाएको छ ।

चालु आवको ८ महिनामा कुल ३ लाख ३८ हजार २०४ वटा घरजग्गा किनबेच भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २४.२६ प्रतिशत अर्थात् ६६ हजार ४७ प्रतिशत धेरै हो ।

चालु आवको साउनमा ४९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७७ वटा घरजग्गाको किनबेच भएको छ ।

त्यस अवधिमा २५ अर्ब २४ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

गत आव सोही अवधिमा २५ अर्ब ५० करोड ९८ लाख राजस्व संकलन भएको थियो । चालु आव आठ महिना सकिँदा गत वर्षको तुलनामा लिखत पारित २१.२३ प्रतिशतले वृद्धि भए पनि राजस्व संकलन भने १.०४ प्रतिशतले घटेको हो ।

घरजग्गा कारोबार बापत सरकारले साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब ६ करोड, असोजमा ४ अर्ब ४३ करोड ५४ लाख, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख, मंसिरमा २ अर्ब ८६ करोड र पुसमा ३ अर्ब २० करोड रुपैयाँ राजस्व पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here