शुरू भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा विधिपूर्वक चीर ठड्याएर होली पर्वको शुरूवात गरिएको छ।

फागुपूर्णिमाको एक साताअघि अर्थात अष्टमीका दिन विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरु भएको मानिन्छ। आज बिहान बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको छ।

आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली शुरू भएको जनाउ दिने गरिन्छ ।

यही चैत ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट अर्थात १२ गते फागु पर्व मनाइने छ ।

अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here