एनआईबीएल र एनआरसीएसबीच स्वास्थ्य, हेरचाहर र साक्षरता प्रबद्र्धन गर्ने सम्झौता

काठमाडौं, १ असोज । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) र नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस)बीच बैंकको जारी गठित सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधीहरुले नेपाल रेडक्रस व्यवस्थापनलाई रु ५ लाखको चेक हस्तान्तरण गरे ।

रक्तदान÷संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबद्र्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिए बैंकले बताएको छ ।

बैंकले देशभर ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत सेवा पु¥याउँदै आएको छ ।

यसका साथै आइक्रा नेपाल (इन्टरनेसनल क्रेडिट रेटिङ एजेन्सी–नेपाल)ले बैंकलाई ए प्लसको क्रेडिट रेटिङ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here