आयरल्यान्ड ‘ए’ विरूद्ध प्रारम्भिक टिममा ४० खेलाडी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ विरूद्धको सिरिजका लागि नेपाल ‘ए’ को प्रारम्भिक टिममा ४० खेलाडीलाई बोलाएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजका लागि अधिकांस युवा खेलाडीले मौका पाएका छन्। चैत १२ र १३ गते सिनियर टिमले आयरल्यान्ड्ससँग टी-२० खेल्नेछ। त्यसपछि १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल हुनेछन्।

सन्दीप जोरा, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की, देव खनाल, आरिफ शेखसहितका सिनियर टिमबाट खेलिसकेका खेलाडी ए टिममा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here