चाड पर्व लक्षित स्टक क्लियरेन्स मेला सुरु, जुत्ता चप्पलमा १५ देखि ७५ प्रतिशतसम्म छुट

काठमाडौं, १ असोज । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला सुरु भएको छ ।

इभेण्ट सोलुसनको आयोजनामा सुरु भएको मेलाको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले उद्घाटन गरे ।

मेला उद्घाटन गर्दै चेम्बर अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चलायमान बनाउन समय समयमा आयोजना हुने एक्स्पो तथा मेलाले टेवा पुर्याउने बताए ।

‘इभेण्ट सोलुसनले वर्षेनी आयोजना गर्दै आएको मेलाले आम उपभोक्तालाई सस्तो मूल्यमा एकै छाना मुनि समान किन्ने अवसर प्रदान गर्ने भएकाले नै चेम्बरले एक्सपोलाई प्रवद्र्धन गरेको हो ।’ चेम्बर अध्यक्ष श्रेष्ठले भने ।

असोज २ देखि ६ गतेसम्मका लागि बुकिङ भैसकेको अवस्थामा समाज कल्याण परिषदले एकाएक मेलालाई एक दिन अघि सार्न लगाएको भन्दै सम्झौता अनुसारको काम गरेर व्यवसायीलाई दुःख दिन नहुने बताए ।

चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु उपलब्ध गराउनका लागि मेलाको आयोजना गरिएको आयोजकले बताएको छ ।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुने बताईएको छ ।

एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

विगत वर्षका मेला अधिक रुचाइए पछि यस वर्ष पनि मेलालाई निरन्तरता दिइएको बताईएको छ ।

मेलामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको छ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत सञ्चालन गरिएको छ ।

मेलामा जुत्ता तथा चप्पल उद्यमी समुह अन्तरगतका ४ वटा नेपाली ब्राण्डको सहभागिता छ । बिएफ डियर हिल, रन सुज, शिखर सुज र शु ल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरु १५ देखि ७५ प्रतिशतसम्मको छुटमा खरिद गर्न सकिने बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।

दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु समेत सञ्चालन हुनेछ ।

६० हजार उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here