सर्लाहीबाट दुई भारतीय पेशेवर अपराधी नियन्त्रणमा, भाग्न खोज्दा प्रहरीले चलायो गोली

काठमाडौं । सर्लाही प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । मोस्टवान्टेड सूचीमा रहेका भारत मोतिहारी घर भएका २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

गोली लागेर जितेन्द्र घाइते छन् । उनको उपचार मलंगवास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । मोटरसाइकलमा रहेका बेला उनी दुबै जना पक्राउ परेको र सर्च गर्दा हातहतियार समेत फेला परेको बताइएको छ ।

उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सूचनाको आधारमा बरहथवाबाट पक्राउ गरेर जिल्ला लैजानेक्रममा जितेन्द्रले प्रहरीमाथि गोली चलाएर भाग्न खोजेका थिए । त्यसपछि उनीहरुबिरुद्ध जवाफी कारबाहीस्वरुप खुट्टामा गोली हानेर प्रकाउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न छन् । उनीहरुलाई केहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here