निर्यात १ खर्बमा उक्लन लाग्यो ८ महिना

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा निर्यात १ खर्बमाथि पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत आव २०७९–८० को यसै महिनाको तुलनामा ३.९९ प्रतिशत कम हो । गत आव फागुनसम्म १ खर्ब ४ अर्ब ७९ रुपैयाँको निर्यात भएको थियो । फागुनसम्म आयात १० खर्ब नाघेको छ ।

८ महिनामा १० खर्ब ३० अर्ब २२ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो गत आव यसै अवधिको तुलनामा २.६६ प्रतिशत कम हो । अघिल्लो वर्ष फागुनसम्म १० खर्ब ५८ अर्ब ३८ करोड बराबरको वस्तु आयात भएको तथ्यांकमा छ । फागुनमा मात्र १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।
आयात र निर्यात दुवै घट्दा कुल वैदेशिक व्यापार र व्यापार घाटा दुबै घटेको अ छ । तथ्यांक अनुसार फागुन मसान्तसम्म कुल वैदेशिक व्यापार ११ खर्ब ३० अर्ब ८४ करोड देखिएको छ । यो अघिल्लो आवको तुलनामा २.७८ प्रतिशत कम हो । अघिल्लो आवमा ११ खर्ब ६३ अर्ब १८ करोड बराबरको कुल वैदेशिक व्यापार भएको थियो ।

आठ महिनामा व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड देखिएको छ । यो अघिल्लो वर्ष यसै अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो । उक्त आवमा ९ खर्ब ५३ अर्ब रुपैयाँ व्यापार घाटा थियो । नेपालको कुल वैदेशिक व्यापारमा निर्यात हिस्सा ८.९० प्रतिशत र आयातको हिस्सा ९१.१० प्रतिशत रहेको देखिन्छ ।

आठ महिनामा नेपालले पेट्रोलियम पदार्थ आयातमा मात्र २ खर्ब १४ अर्ब २७ करोड बराबर वैदेशिक मुद्रा खर्च गरेको छ । यस तथ्यांक अनुसार नेपालको कुल निर्यात व्यापारले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here