कांग्रेसले आज पनि माग्यो गृहमन्त्रीको राजीनामा, छानबिन समिति गठन गर्न दियो अल्टिमेटम

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ आज पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

बैठक सुरु हुनेबित्तिकै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर अवरोध गरेका थिए। बैठकमा बोल्दै सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीले प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भनेकोप्रति आपत्ति जनाइन्।

गृहमन्त्री लामिछानेबारे छानबिन गरिनुपर्ने र उनले पदबाट हट्नुपर्ने माग गरेकी हुन्।

उनले भनिन्- कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ ? त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ।

बजेटको छलफलको विषयमा हामी तयार छौँ। अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो रु हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here