फिफा विश्वकप छनोट: नेपाल पहिलो अंकको खोजिमा

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत दोस्रो चरणको खेल अन्तर्गत पहिलो लेगमा आज नेपालले बहराइनको सामना गर्दैछ ।

बहराइनको राष्ट्रिय रंगशालमा खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । छनोटको समूह एचमा रहेको नेपालले २ खेल खेल्दा कुनै अंक जोडेको छैन । त्यसकारण नेपाल पहिलो अंकको खोजिमा हुनेछ ।

यो खेल नेपालमै हुने तालिका रहे पनि दशरथ रंगशालाको मैदान खराब भएपछि एसियाली फुटबल महासंघले खेल सञ्चालन हुन नसक्ने निर्णय गरेको थियो। नेपाल पहिलो खेलमा यूएईसँग ४-० गोल र दोस्रो खेलमा यमनसँग २-० गोलले पराजित भएको थियो।

पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो। चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here