कास्कीमा बाढीपहिरोका कारण दुईसय भन्दा धेरै घरमा असर, दुई करोडभन्दा बढीको क्षति

काठमाडौं, २ असोज । कास्कीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनयता लगातार परेको पानीका कारण ठूलो क्षति पुगेको छ ।

गाउँपालिकाअन्तर्गत वडा नं १ को भारतीथर, २ को डाँडागाउँ, ३ कोे पाउँदुर, ६ को लुम्लेका साथै वडा नं १०, ११ लगायतका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति बनाएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए ।

लगातारको बाढीका कारण फूल खेल्दै गरेको धानमा समेत ठूलो नोक्सान पु¥याएको जानकारी दिँदै उनले गाउँपालिका क्षेत्रभित्रका झण्डै २०० भन्दा बढी घरमा क्षति पुगेपछि कतिपय स्थानीयवासी घर नै छाड्न बाध्य बनेको बताए ।

उनका अनुसार घरहरूमा रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।

बाढीपीडित सर्वसाधारणलाई गाउँपालिकाबाट गर्न सकिने सहयोगमा कमी नहुने बताउँदै अध्यक्ष कुँवरले राहत, उद्धार तथा सहयोगका लागि सबैसँग आह्वान गरेका छन् ।

वर्षातको समयमा पानी नपरेका कारण अधिकांश खेत बाँझिएका अवस्थामा आएको बेमौसमी पानीले फुल्दै गरेको धानमा क्षति पु¥याएपछि कृषक थप चिन्तित बनेका छन् ।(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here