चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्रसिंह धोनीले नगर्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ ।

आइपीएलमा मुम्बई इन्डियन्सपछि अर्को टिम चेन्नई सुपरकिङ्ग्सले पनि कप्तान परिवर्तन गरेको छ । चेन्नई सुपरकिङ्ग्सले बिहीबार महेन्द्र सिंह धोनीलाई कप्तानबाट हटाउँदै ऋतुराज गायकवाडलाई नयाँ कप्तान बनाइएको घोषणा गरेको छ ।

गायकवाड सन् २०१९ देखि चेन्नईमा आवद्ध भएका थिए । उनले यस क्रममा ५२ आइपीएल म्याच खेलेका छन् । धोनीले २००८ देखि नै चेन्नईको कप्तानी गरेका थिए । उनको कप्तानीमा चेन्नईले १४ संस्करण खेल्दा ५ पटक उपाधि, ५ पटक फाइनलमा पराजित र १२ पटक प्लेअफ खेलेको थियो ।

यसअघि मुम्बई इन्डियन्सले रोहित शर्मालाई कप्तानबाट हटाएर हार्दिक पाण्ड्यालाई नयाँ कप्तान बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here