बसन्तपुरमा होलीको रौनक (फोटो फिचर)

काठमाडौं, ११ चैत । एकअर्कालाई अबिर लगाइदिएर आज होली पर्व मनाइँदैछ । होलीको अवसरमा बिभिन्न संस्थाहरुले विशेष कार्यक्रममा आयोजना गरेका छन् । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।

आज काठमाडौंको बसन्तपुरमा आयोजित होली विशेष कार्यक्रममा युवायुवतीहरुको उल्लेख्य सहभागीता छ । उनीहरुले एकअर्कालाई अबिर लगाइदिएर आत्मियता साटासाट गरिरहेका छन् । आँखालाई अबिरबाट जोगाउन केहीले विशेष प्रकारको चश्मा प्रयोग गरेका छन् ।

आज पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइँदै छ भने भोलि तराई मधेशका जिल्लामा मनाइने छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here