होली खेल्ने क्रममा ललितपुरको ढोलाहिटीमा ‘ग्याङ फाइट’, दुई जनाको हत्या

काठमाडौं । ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति करिब ११ बजे ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुई पक्षबीच झडप भएर छुरा प्रहार हुँदा दुई जनाको ज्यान गएको हो ।

पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई ढोलाहिटी बस्ने ३० वर्षीय पुजन राईमाथि छुरा प्रहार हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ । पुजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

उनीहरूबीच के विषयमा झडप भएको भन्ने खुलेको छैन । दिउँसो भएको विवादलाई लिएर राति १० बजे दुई समूहबीच झगडा भएको थियो । घटनामा संलग्न भएको आरोपमा १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here