डलर साट्दै हुनुहुन्छ ? यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५९ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६२ पैसा रहेको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ७७ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८३ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १८ रूपैयाँ ५१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ७८ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here