कालीमाटीमा कुन तरकारीको मूल्य कति ? कुरिलो प्रतिकेजी ११६ रुपैयाँ सस्तियो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

समितिको अनुसार कुरिलोको भाउ अघिल्लो दिनको तुलनामा प्रतिकिलो ११६.६७ घटेको छ । आइतवार प्रतिकेजी ७५० रुपैयाँ रहेको कुरिलो आज ६३३.३३ रुपैयामा झरेको छ ।

गोलभेँडा ठूलो भारतीयको अधिकतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र गोलभेँडा सनो लोकलको ६० रुपैयाँ कायम रहेको छ । यसैगरी आलु रातोको ४५, काउली स्थानीयको २६, प्याज सुकेको भारतीयको ७५, अनारको ३०० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here