पशुपतिनाथको दर्शनको लागि जादैँ हुनुहुन्छ ? यस्ता छन् नयाँ नियम

काठमाडौं, २ असोज । पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनहरुको लागि नयाँ नियम लागु हुने भएको छ ।

पशुपति विकास कोषले मन्दिर आउने भक्तजनहरुको लागि विभिन्न १७ वटा नियम लागु गर्न लागेको हो ।

भक्तनहरुमा विभिन्न कारणले असुविधा पुगेको भन्दै कोषले मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको लागि नयाँ नियम ल्याएको बताएको छ ।

यस्ता छन् पालना गर्नुपर्ने नियमः

क. मन्दिर प्राङ्गणमा छालाजन्य बस्तु धारण गरी प्रवेश गर्न नपाईने

ख. मन्दिर प्राङ्गणमा शान्त एवं धार्मिक तथा आध्यात्मिक वातावरण कायम गर्न सहयोग पुर्याउनुपर्ने

ग. उच्छृङ्खल तथा अशोभनीय गतिविधि गर्न नपाइने

घ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा थुक्न, दिशा पिसाब गर्न र फोहोर मैला फाल्न नपाइने

ङ. आफूले मन्दिरमा चढाउन लागेको भेटी, दान तथा दक्षिणा नगद भएमा नजिकैका भेटीपात्र तथा दानपात्रमा राख्ने वा राख्न लगाउने र अन्य कुनै द्रव्य वा जिन्सी भए कोषमा दाखिला गरी त्यसको रसिद भरपाई लिने वा लिन लगाउने

च. अशक्त, अपाङ्ग व्यक्ति तथा बृद्ध बृद्धाका लागि अग्रीम दर्शन गर्न यथोचित सहयोग गर्ने वा गराउने

छ. पूजा कार्यमा संलग्न भट्ट भण्डारीहरुसँग मर्यादित व्यवहार गर्नुपर्ने

ज. मन्दिरमा सेवा लिए वापत कुनै पनि पूजारी, भण्डारी, कर्मचारी, सुरक्षाकर्मी तथा अन्य व्यक्ति विशेषलाई नगद, जिन्सी उपहार दिन नपाइने

झ. कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा क्यामरा, मोबाइल फोन तथा यस्तै अन्य विद्युतीय उपकरण प्रयोग नपाइने

ञ. निर्धारित स्थानमा बाहेक अन्य स्थानमा धुप वत्ति बाल्न नपाइने

ट. जुत्ता चप्पल लगाई मन्दिर प्रबेश गर्न नपाइने

ठ. मन्दिर प्राङ्गणमा चुरोट, विडी, खैनी, पान तथा अन्य सूर्तीजन्य वस्तु प्रयोग नपाइने

ड. मादक पदार्थ सेवन गरी मन्दिर प्रवेश नपाईने

ढ. पशुपति क्षेत्रमा रहेका देवदेवीका मूर्तिमा क्षति पुर्याउने नहुने

ण. निर्धारित सुरक्षा व्यवस्थाको पालना गर्ने

त. मन्दिर प्राङ्गणभित्र कोषले तोकेको स्थानमा मात्र धार्मिक कार्य गर्न पाइने

थ. तोकिएको स्थानमा बाहेक अन्य स्थानमा सवारी साधन ल्याउन वा रोकी राख्न नपाइने नियमहरु कोषले लागु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here