भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध मार्च ३१ मा सकिँदै, तत्काल खुला नगर्ने

एजेन्सी । भारतले प्याजमा लगाएको प्रतिबन्ध तत्कालका लागि कायम नै राख्ने भएको छ । भारतले प्याज निर्यातमा गत डिसेम्बरमा लगाएको प्रतिबन्ध यसै मार्च ३१ मा सकिँदै थियो । तर प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको रोयर्टर्सले उल्लेख गरेको छ ।

यी खबर आएसँगै प्रतिबन्ध कायम राखेर किसानलाई मर्कामा पारेको र व्यापारीलाई पोसेको आरोप भारतका अन्य दलले सरकारलाई लगाइरहेका थिए।

भारतीय सरकारले शुक्रबार अर्को सूचना नआएसम्म प्रतिबन्ध यथावत रहने जनाएको छ । सबैभन्दा धेरै प्याज उत्पादन गर्ने राज्य महाराष्ट्रका केही थोक बजारहरूमा डिसेम्बरमा प्याजको मूल्य प्रति एक सय किलोमा ४ हजार ५०० रुपैयाँबाट झरेर १ हजार २०० रुपैयाँ (१४ डलर) पुगेको छ ।

नेपाल, बंगलादेश, मलेसिया, संयुक्त अरब इमिरेट्सलगायत देश भारतीय आयातमा भर पर्दै आएका छन् । यीमध्ये धेरै राष्ट्र प्रतिबन्धपछि उच्च मूल्यको चपेटामा परिरहेका छन् ।

प्रतिबन्ध लम्बिएपछि यी देशहरुमा प्याजको मूल्य थप बढ्नसक्ने देखिन्छ । सन् २०२३ मार्च ३१ मा समाप्त भएको आर्थिक वर्षमा भारतले रेकर्ड २५ लाख मेट्रिक टन प्याज निर्यात गरेको थियो ।

भारतमा ४ लाख ३२ हजार हेक्टरमा प्याज खेती गरिएको छ। करिब ८६ लाख टन प्याज उत्पादन हुने अनुमान गरिएको छ। प्रतिबन्ध कायमै रहेमा प्याजको मूल्य थप घट्ने र किसान मर्कामा पर्ने भन्दै अन्य दलले विरोध गरिरहेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here