रास्वपाका मन्त्रीले गर्ने कामको संयोजन केन्द्रीय सदस्यले गर्ने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा रास्वपाबाट मन्त्री भएकोहरुले गर्ने कामको संयोजन केन्द्रीय सदस्यले गर्ने भएका छन् ।

उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल, सांसद शिशिर खनाल र मन्त्रीहरूसहित मंगलबार बिहान बसेको बैठकले पार्टीले नेतृत्व गरेको मन्त्रालयको कामको संयोजन गर्ने गरी केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेको हो ।

जसमा केन्द्रीय सदस्य गणेश कार्कीलाई शिक्षा, विज्ञान तथा प्रविधि, सांसद असिम साहलाई युवा तथा खेलकुद मन्त्रालयको संयोजन गर्ने जिम्मा दिइएको छ।

त्यस्तै सांसद गणेश पराजुलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सहप्रवक्ता प्रतिभा रावलले गृह मन्त्रालयको संयोजन गर्ने जिम्मा पाएकी छिन्। उनिहरुले पार्टी र मन्त्रालयबीच पुलको काम गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here