परीक्षाको तयारीमा हुनुहुन्छ ? यस्ता छन् सहयोगी टिप्स

काठमाडौं । बाँच्नको लागि एउटा गतिलो आधार हो परीक्षा । परीक्षाले नै परीक्षार्थीको भविष्यको निर्धारण गर्छ । जीवनको खास अर्थ र महत्व दिन्छ ।

त्यसैले परीक्षामा सफलता पाउनु जरुरी छ । जीवन नै परीक्षा नै परीक्षा भएकोले हर क्षण उत्तर आवश्यक छ ।

विद्यालयको वा विश्वविद्यालय कै परीक्षा किन नहोस परीक्षार्थीको बिषयबस्तुको गहिरो ज्ञान र प्रश्नको उत्तर लेख्ने सीप, शैली तथा कौशल उच्च स्तरको भएमात्र उत्कृष्ट नतिजा ल्याउन सफलता मिल्ने हो ।

अहिले स्कुल, एसइई, कक्षा १२ को परीक्षा नजिक आइरहेको छ । बालबालिकाले वर्षभरि अध्ययन गर्ने भएता पनि परीक्षा नजिकिँदा केही महिनाअघि नै कडा तालिका बनाएर परीक्षाको तयारी गर्न थाल्छन् ।

परीक्षा शब्दले अभिभावकहरूलाई त्यति नै तनाव दिन्छ जति उनीहरुका बालबालिकालाई हुन्छ । परीक्षालाई सहज र तनावरहित कसरी बनाउने त ?

यहाँ केही टिप्सहरु दिइएका छन् जसले विद्यार्थीलाई परीक्षामा राम्रो अंक प्राप्त गर्न सहयोग गर्छ साथै अविभावकको चिन्ता हटाउँछ ।

परीक्षा दिन जानु अघि आफ्ना बच्चालाई यस्ता कुरामा ध्यानदिन लगाउनुहोस ।

१ परीक्षाका निर्देशनहरु पढ्ने ।

२ हरेक प्रश्नलाई राम्रोसँग बुझ्ने, नबुझेको अवस्थामा शिक्षक वा परिक्षागार्डको सहयोग लिने ।

३ प्रश्नहरूको जवाफ कसरी लेख्ने सोचेर उत्तर लेख्न शुरु गर्ने ।

तपाईंको बच्चालाई सबै आउछ भनेर ढुक्क नहुनुहोस परीक्षाका लागि तयारी गर्न सिकाउनुहोस । ताकी उनीहरुले परीक्षामा लेख्दा कन्फिटेन्ड हुन्छ ।

तपाईंको बच्चाले अवधारणाहरू बुझेको छ भने सम्झन र परीक्षाप्रश्नहरूको सही जवाफ दिन सजिलो बनाउँदछ। निरन्तर पुनरावलोकनले विषयवस्तुमा पनि विश्वास बढाउँछ र कुनै पनि भ्रमलाई सच्याउन मद्दत गर्दछ।

परीक्षाको लागि आवश्यक कलम वा पेन्सिल प्याक गरेका छन् कि छैन जाँच गर्नुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here