एसिया कप महिला क्रिकेट: नेपाल, भारत र पाकिस्तान एकै समूहमा

काठमाडौं । आगामी ४ देखि १३ साउनसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा परेका छन् । एसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन् ।

नेपालले पहिलो खेल जुलाई १९ मा पाकिस्तान, दोस्रो खेल जुलाई २२ मा यूएई र तेस्रो खेल भारतसँग जुलाई २३ मा खेल्नेछ । यसअघि सन् २०२२ मा भएको एसिया कप महिला क्रिकेटमा ७ देश सहभागी थिए ।

तर एसीसीले एसिया कप खेल्ने टोली ८ बनाउँदै नेपाललाई मौका दिएको हो । गत ४ फागुनमा एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित हुँदा एसिया कप खेल्ने अवसर गुमाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here