सम्पर्कमा आइन मेयर गोपाल हमालको छोरी

काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। केही दिनदेखि भारतको गोवामा हराइरहेकी जेठी छोरी आरती सकुशल भेटिएको मेयर हमालले सामाजिक सञ्जाल फेसबुक मार्फत जनाकारी गराएका छन् । उनले सामाजिक सञ्जालवाटै छोरी हराएकाले खोजी गरिदिन आग्रह गरेका थिए ।

उनले लेखेका छन् – सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू , गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती, कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।

हमालकी छोरी सोमवारदेखि सम्पर्क विहीन भएकी थिइन। उनी ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here