आइएमई पेले विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस दिने

काठमाडौं । आइएमई पेले विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस पाइने अफर ल्याएको छ ।

यसअफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा ५०० रुपैयाँ बोनससम्म पाउन सकिने छ ।

मनिग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि १०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ ।

फागुन १० गतेदेखि सुरु भएको सो अफर २ महिनासम्म लागू हुने कम्पनीले जनाएको छ । आइएमई पेमार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्तिव्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here