इलामा-२: गाउँपालिका अध्यक्षमा एमालेसँग पराजित जीतबहादुर नेकपा एसका सांसद उम्मेदवार

काठमाडौं । उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवार टुङ्गो लगाएको छ ।

एकीकृत समाजवादीले इलामा-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा १ मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको हो । राई ०७४ को स्थानीय तह निर्वाचनमा माइजोगमाइ गाउँपालिका अध्यक्ष भएका व्यक्ति हुन् ।

गत मंसिरमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । इलामको माई जोगमाई गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका जीतबहादुर एमालेका कुशबहादुर थेबेसँग २२२ भोटले पराजित भएका हुन् । थेबेले ५ हजार १३५ मत ल्याउँदा राईले ४ हजार ९१३ मत पाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here