सरकारले तोक्यो चैते धानको समर्थन मूल्य

काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ। चैत १५ गते (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु. २७०७/२८ न्यूनतम समर्थन मूल्य तोक्ने तोकेको हो।

त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाएर कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here